धनुषामा सार्वजनिक पोखरीमा डुबेर तीन बालिकाको मृत्यु – Nepal Press

धनुषामा सार्वजनिक पोखरीमा डुबेर तीन बालिकाको मृत्यु

जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाको सार्वजनिक पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ ।

धनौजी गाउँपालिका ५ बहुअर्वास्थित सार्वजनिक पोखरीमा डुबेर एकसाथ तीन बालिकाको मृत्यु भएको हो । प्रहरीका अनुसार ११ वर्षीया मुस्कान खातुन, १० वर्षीया अजमेरी खातुन र ९ वर्षीया जिन्नत खातुनको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन आवाले घरमा कसैलाई जानकारी नदिइ तीनै बालिका एकसाथ पोखरीमा नुहाउन गएकी थिइन् । पौडी खेल्न नसक्दा उनीहरु डुबेर बेपत्ता भएको र खोज्दा मृत भेटिएको उनले बताए ।

मृतक तीनै बालिकाको शव प्रहरीले कानूनी प्रक्रिया पुरा गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *