कटहरियाका मेयर-उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा – Nepal Press

कटहरियाका मेयर-उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। रौतहटको कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश र उपमेयर रितादेवीसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र इन्जिनियरसहित ११ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधुरो सामुदायिक भवनमा टायल्स र फ्लोरिङको काममा उपभोक्ता समितिसँग मिलेमतो गरेर वास्तविकताभन्दा बढी क्षेत्रफल देखाएर रकम हिनामिना गरेको अभियोगमा मुद्दा दायर गरेको हो ।

भुक्तानी सिफारिस भएको नापी किताबमा ११९४ दशमलब ४१ वर्ग मिटर भएको र वास्तविक क्षेत्रफल ४ सय ७३ दशमलब वर्ग मिटरमात्र भएको दाबी अख्तियारको छ ।

बढी देखाइएको १२ लाख ५२ हजार ९ सय ४१ रूपैयाँ ९५ पैसा बराबरको रकमलाई बिगो दाबी गरिएको छ । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश शाह र इन्जिनियर राजेशकुमार शाह तथा नगरपालिकाका सदस्य र उपभोक्ता समितिका पदाधिकारीलाई पनि प्रतिवादी बनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *