नेकपा एसमा पुरानै सेट : घनश्याम महासचिवमै दोहोरिए – Nepal Press

नेकपा एसमा पुरानै सेट : घनश्याम महासचिवमै दोहोरिए

काठमाडौं । नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधव कुमार नेपालसहितको टीम दोहोरिएको छ ।

जारी महाधिवेशनमा झलनाथ खनाल नेतृत्वको अध्यक्ष मण्डलले नेपाललाई अध्यक्ष र महासचिवमा घनश्याम भुसाललाई नै दोहोर्याउने घोषणा गरेको हो ।

भुसालले यसअघि अध्यक्षमा दाबी गर्दै आएका थिए । यस्तै झलनाथ खनाललाई सम्मानित नेता नै चयन गरेको छ ।

अन्य पदाधिकारी र सदस्यको नाम भोलि विहान १० बजेपछि घोषणा हुने एक नेताले बताए ।


प्रतिक्रिया

3 thoughts on “नेकपा एसमा पुरानै सेट : घनश्याम महासचिवमै दोहोरिए

  1. यतिको कुरा सवैलाइ पहिलै थाहा थियो, किन त यस्ता ठूला भोजभतेर गर्नु ? चन्दा सहयोग उठाइ उठाइ । कार्यकर्ताहरूलाइ खटाइ खटाइ ।

  2. माधव नेपाल जस्तो पिध नभएको लोटा लाई नेता मान्ने र त्यस्तो पातकिलाई भोट हाल्ने मानिस नेपाल बाहेक संसारमा कहिँ हुन्नन!

  3. नया बोतलमा पुरानै रक्सी, ..गाइ भन्दा ..धाइ ठुलो । कठैबरा बिचरा ।।
    पार्टी फ़ुटालेको औचित्य पुरा भयो भनेर टोपल्ने होलान । न भूतो न भाबिस्यती ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर