फरार प्रतिवादी पक्राउ गर्न बाँकेमा प्रहरीले चलायाे गोली – Nepal Press

फरार प्रतिवादी पक्राउ गर्न बाँकेमा प्रहरीले चलायाे गोली

रुपन्देही । बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ सिख्खन पुरुवामा डाँकाचोरी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गर्न गएको प्रहरी टोली र स्थानीयबीच झडप भएको छ ।

डाँका चोरी मुद्दामा फरार सिख्खन पुरुवाका ५५ वर्षीय सन्नाम भनिने सरमानसिंह सरदारलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आज स्थानीयबासीले ढुङ्गामुढा गरेका थिए ।

सरदारलाई पक्राउ गरेर ल्याउने क्रममा गाडीमा स्थानीयले ढुङ्गामुढा गरेर भगाउन खोजेपछि प्रहरीले तीन राउण्ड गोली चलाएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

उनका अनुसार गोली लागेर डाँका चोरी मुद्दाका फरार प्रतिवादी सरदार र अर्का एक स्थानीय रहेका छन् । स्थानीयको इट्टा प्रहारबाट एकजना वरिष्ठ प्रहरी हवलदार गम्भीर घाइते भएका छन् । डुडुवा गाउँपालिका वडा नं ६ का वडाध्यक्ष मोहनराम मिश्रले पारिवारिक विवादमा प्रहरीले मुद्दा चलाएको नेपाल प्रेसलाई बताए ।

‘मुद्दा पहिले चलेको हो, अहिले घरमा लुकेर बसेको रहेछन्, दाजुभाइमा सम्पत्तिको विषयमा झगडा भएको रहेछ, प्रहरीमा पुग्यो र वादविवाद बढेपछि प्रहरीले छोरा नानक सिंह र सरमान सिंहलाई गोली हानेर नियन्त्रणमा लिएको हो’, उनले भने । तीनै जना घाइतेलाई उपचारका लागि भेरी अस्पताल नेपालगन्जमा ल्याइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *