उदयपुरको लिम्चुङबुङ्गमा रक्सी चुरोट र कोक फेन्टा आयतमा प्रतिबन्ध – Nepal Press

उदयपुरको लिम्चुङबुङ्गमा रक्सी चुरोट र कोक फेन्टा आयतमा प्रतिबन्ध

विराटनगर । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले पालिकाभित्र रक्सी र चुरोट बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । गाउँपालिकाले बोतलमा प्याक भएको मदिरा, कोक फेन्टा, चुरोट खैनी र गुट्का बिक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

गाउँपालिकाले बिहीबार सूचना जारी गर्दै ती सामग्रीहरूको आयात, बिक्री वितरण तथा सेवनमा पूर्णरुपमा प्रबन्ध लगाएको जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष मेजर राईको अध्यक्षतामा असार १८ गते बसेको १८ औँ कार्यपालिकाको बैठकले बियर, रक्सी, कोक, फेन्टा, रेडबुल, सुर्ती चुरोट, गुड्खाको बिक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र राज गुरुङले बताए ।

सूचनामा असार १८ गतेदेखि यस्ता यस्ता पदाथको आयातमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको जनाइएको छ । त्यसै गरी हाल आयात भइसकेको हकमा भने आगामी असोज १५ गतेभित्र विक्री वितरण गरिसक्न समेत अनुरोध गरिएको छ ।

गाउँपालिकाले निकालेको सूचनामा यस्ता सामग्रीको सेवनले स्वास्थ्यमा गम्भीर असर पार्ने, स्थानीय अर्थतन्त्रलाई कमजोर बनाउने, महिला तथा घरेलु हिंसाका घटना बढाउने र गाउँलाई विघटन बनाउन प्रत्यक्ष असर पार्ने उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *