रारा तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु – Nepal Press

रारा तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु

सुर्खेत । रारामा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । रारा तालको पूर्वी भागमा पर्ने ठाकुर नाथस्थित तालको किनारमा पौडी खेल्ने क्रममा छाँयानाथ रारा नगरपालिका–५ का २१ वर्षीय शिशिर जंग रावलको डुबेर मृत्यु भएको हो ।

बिहीबार दिउँसो डुबेका मृतक रावल रारा ताल किनारमा निर्माणाधीन साइकल लेनमा मजदुरी गर्दै आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

मृतक रावल सँगै अन्य चार जना साथीहरूले पनि पौडी खेलेका थिए उनले भने, ती मध्ये रावलको डुबेर मृत्यु भयो भन्ने छ । थप अनुसन्धान हुँदैछ । राराको छेउछाउमा काम गर्नेहरु लुकेर पोडी खेल्छन् । पौडी खेल्न मनाई छ भन्ने थाहा हुँदा पनि ।ञ

प्रहरीले शव तालबाट बाहिर निकालेको उपरीक्षक थापाले बताए । घटनाको मुचुल्कापछि शवको पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइने उनले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *