गगनको दाबी- प्रधानमन्त्रीले अर्को दलसँग सहकार्य गर्ने पहल थालेपछि गठबन्धन भत्कियो (भिडिओ) – Nepal Press

गगनको दाबी- प्रधानमन्त्रीले अर्को दलसँग सहकार्य गर्ने पहल थालेपछि गठबन्धन भत्कियो (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमालेसँग सहकार्य गरेको केही समयमै पुनः अर्को समीकरणको प्रयास गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट एमाले बाहिरिएको बताएका छन् ।

बिहीबार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको सम्पूर्ण परिस्थिति बन्नुको पहिलो कारण प्रधानमन्त्री दाहाल स्वयं नै भएको बताए । उनले प्रधानमन्त्री दाहालको अस्थिरताको कारण अहिलेको परिस्थिति आएको दाबी गरे । उनले प्रधानमन्त्री दाहालको अस्थिर चरित्रमा कुनैपनि दलले विश्वास गर्न नसकेपछि नेकपा एमाले र नेपाली काँग्रेस मिलेको बताए ।

‘व्यक्ति र दलको इच्छाले मात्रै पनि नहुने रहेछ । खास गरीकन अहिलेको यो परिस्थिति बनेको यसको सम्पूर्ण कारण भनेको अहिलेको वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालको अस्थिरताको कारणले हो । अहिले नयाँ गठबन्धन बनिसकेपछि नेपाली काँग्रेसको हामी सबैलाई नयाँ गठबन्धन बन्ने चाहना थियो होला, कसैलाई थिएन होला । मेरो चाहना प्रतिपक्षमा रहँदा नै उपयुक्त हुन्छ भन्ने थियो’, उनले भने, ‘अरु कसैको चाहना सरकार नयाँ बदलाैं भन्ने थियो होला । तर सरकार बनेको दुई चार महिना हुँदा नहुँदै अर्को गठबन्धन बन्थ्यो । बन्दैन थियो । प्रचण्डको यति धेरै अस्थिर चरित्र, व्यवहार नभएको भए ।’

महामन्त्री थापाले नेपालको राजनीतिमा दाहाललाई विश्वास गर्न नै कठिन भएको बताए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर