एमाले लुम्बिनीका पाँच मन्त्रीले दिए राजीनामा, सरकारलाई दिएको समर्थन फिर्ता – Nepal Press

एमाले लुम्बिनीका पाँच मन्त्रीले दिए राजीनामा, सरकारलाई दिएको समर्थन फिर्ता

रुपन्देही । लुम्बिनी प्रदेश सरकारमा रहेका नेकपा एमालेका पाँच जना मन्त्रीले सामूहिक रुपमा राजीनामा दिएका छन् ।

मुख्यमन्त्री जोखबहादुर महरालाई आज बेलुका मुख्यमन्त्रीको सरकारी निवासमै भेटेर मन्त्रीहरुले सामूहिक राजीनामा दिएका हुन् ।

मन्त्रीहरु चेतनारायण आचार्य, भूमिश्वर ढकाल, दिनेश पन्थी, रत्न खत्री र अर्जुन केसीले राजीनामा दिएका हुन् । आजै एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएर यसको जानकारी प्रदेश प्रमुख र सभामुखको सचिवालयमा जानकारी गराइसकेको छ ।

एमाले संसदीय दलका नेता लिला गिरीले मुख्यमन्त्री महरालाई बुझाएको पत्रमा केन्द्रमा राजनीतिक संयन्त्र फेरिएकाले समर्थन फिर्ता लिइएको उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर