गृहमन्त्री लामिछानेको मुद्दामा दुई न्यायाधीशको राय बाझियो
काठमाडौं । गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा सर्वोच्च अदालतका दुई न्यायधीशको राय बाझिएको छ ।
न्यायाधीसद्वय सपना मल्ल प्रधान र सारंगा सुवेदीको राय बाझिएको हो । दुई न्यायाधीशबीच मतान्तर भएपछि यो मुद्दाको छिनोफानो हुन सकेन ।
मुद्दा अब पूर्ण इजलासमा जानेछ ।
अधिवक्ता अनुपम भट्टराईले जेठ १४ गते लामिछानेविरुद्ध सहकारी ठगी गरेकाे आराेप लगाउँदै रिट दायर गरेका थिए ।
सपना मल्ल प्रधान र शारङ्गा सुवेदीको संयुक्त इजलासमा असार ७ गतेदेखि अन्तिम सुनुवाइ सुरु भएको थियो । पहिलो दिन बहस नसकिएपछि असार १८ गतेलाई हेर्दाहेर्दैमा राखिएको थियो ।
असार १८ गते पनि नसकिएपछि बुधबारलाई हेर्दाहेर्दैमा राखिएको थियो । तर, स्थगितमा परेपछि बिहीबार सुनुवाइले निरन्तरता पाइ फैसला जारी भएकाे हाे ।