एसईईको मौका परीक्षा दिने विद्यार्थीलाई निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्ने ओलीको घोषणा (भिडिओ) – Nepal Press

एसईईको मौका परीक्षा दिने विद्यार्थीलाई निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्ने ओलीको घोषणा (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को मौका परीक्षा दिने विद्यार्थीका लागि निःशुल्क अनलाइन कक्षा सञ्चालन गराइने बताएका छन् ।

बिहीबार रुपन्देहीमा २०८० सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा विद्यालयलाई सम्मान गर्दै उहाँले सो घोषणा गरेका हुन् ।

उनले एसईई परीक्षा राम्रोसँग उत्तीर्ण गराउनका लागि अंग्रेजी, गणित, अप्सनल म्याथ, साइन्स र सामाजिक विषयका कक्षाहरु अनलाइनमार्फत उपलब्ध गराइने बताए । उनले काठमाडौंबाट गुणस्तरीय शिक्षकले अनलाइनमार्फत शिक्षा दिनुहुने बताए ।

उनले अनलाइन कक्षाको व्यवस्था देशभर नै गर्ने भन्दै निःशुल्क अनलाइन शिक्षा लिनका लागि केपी शर्मा ओली फेसबुक पेजमा सम्पर्क राख्न आग्रह गरे । उनले पेजमा सम्पर्क नम्बर छोडेपछि अनलाइन कक्षामा जोडिएर अनलाइन कक्षाको लाभ लिन सकिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *