प्रधानमन्त्रीले राजीनामा दिनुहुन्नँ, विश्वासको मत नै फेस गर्नुहुन्छ : प्रवक्ता शर्मा (भिडिओ) – Nepal Press

प्रधानमन्त्रीले राजीनामा दिनुहुन्नँ, विश्वासको मत नै फेस गर्नुहुन्छ : प्रवक्ता शर्मा (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारबाट राजीनामा नदिएर संसदमा विश्वासको मत नै फेस गर्ने सरकारले दाबी गरेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले यस्तो जानकारी गराएकी हुन् ।

निर्णय सार्वजनिक गर्ने क्रममा उनले भनिन्, ‘प्रधानमन्त्री ज्यूले राजिनामा दिने भन्ने छैन । संविधान र कानून अनुसार नै अघि बढ्छु भन्नुभएको छ । संवैधानिक कानूनी व्यवस्था अनुसार संसदमा विस्वासको मतको सामना गर्नुहुन्छ । कुन दिन गर्ने भन्ने निर्णय भने भएको छैन ।’


प्रतिक्रिया

One thought on “प्रधानमन्त्रीले राजीनामा दिनुहुन्नँ, विश्वासको मत नै फेस गर्नुहुन्छ : प्रवक्ता शर्मा (भिडिओ)

  1. ३२ सिटे चरम पदलोलुपले दुई चार दिन भए पनि खान किन छोड्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर