आज यी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान – Nepal Press

आज यी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिम तर्फ सरदर स्थानको उत्तरमा अवस्थित छ ।

देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ। कोशी, मधेश र बागमती प्रदेशका एक-दुई स्थानमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

महाशाखाका अनुसार देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुुई स्थानमा भारी देखि धेरै भारी बर्षाको सम्भावमा रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर