टियागो ईभी बुकिङ्गमा सियोर सट गिफ्टसँगै मनसुन मेला सुरु – Nepal Press

टियागो ईभी बुकिङ्गमा सियोर सट गिफ्टसँगै मनसुन मेला सुरु

काठमाडौं । नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रा. लि. ले टियागो ईभी मन्सुन एक्सचेन्ज मेला आयोजना गर्न लागेको छ । मनसुन एक्सचेन्ज मेलामा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा टियागो ईभीसँग साट्न सकिनेछ ।

ग्राहकवर्गको परिवर्तित जीवनसैली र अत्याधुनिक सवारी प्रतिको रुची तथा चाहनाहरुलाई मध्यनजर गर्दै टाटा मोटर्सको शोरुम थापाथली लगायत देशैभरी रहेका शोरुमहरुमा यहि असार २१ गते देखी २३ गते सम्म एक्सचेञ्ज कार्यक्रम आयोजना गर्न लागिएको हो ।

यस मेलामा सहभागी भएर ग्राहकहरुले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क अटोप्लस इन्स्योरेन्स, निःशुल्क २ आर्थिक वर्र्षको सवारी कर, एक्सेसरिज र ३ वर्षको निःशुल्क सर्भिसिङ्घ सुविधाहरुको फाइदा लिन सक्नेछन् । साथै टेस्ट ड्राइभ र बुकिङ्गमा स्योर सट गिफ्टहरु पनि पाउन सक्नेछन् । उल्लेखित अफरहरु मनसुन एक्सचेन्ज मेलाको ३ दिनका लागि मात्र लागु हुनेछ ।

ग्राहकहरुको व्यस्त समयलाई ध्यानमा राख्दै टियागो ईभी मनसुन एक्सचेन्ज मेला बिहान ९ बजे देखि राती ९ बजे सम्म टाटा मोटर्सको नेपालभरिको शोरुमहरुमा हुन गइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *