रास्वपाले मुकुल ढकालको तस्बिर वेबसाइटबाट हटायो – Nepal Press

रास्वपाले मुकुल ढकालको तस्बिर वेबसाइटबाट हटायो

काठमाडौं । निलम्बनमा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्रीको डा. मुकुल ढकालको तस्बिर वेबसाइटबाट हटाइएको छ ।

पार्टीको केन्द्रीय समिति बैठकले ढकाललाई अनुशासन उल्लङ्घन गरेको आरोपमा ७ दिन निलम्बन गर्ने निर्णय गरेको थियो ।

अनुशासन आयोगले उनलाई ७ दिन म्याद दिएर स्पष्टीकरण समेत सोधेको छ । उक्त म्याद सकिएपछि मुलुकमाथि थप कारबाही गर्ने तयारी भएको छ ।

अहिले कवीन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्रीको जिम्मेवारी दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर