पार्टीबाट निष्कासनमा परेका दलका पूर्वनेता जेरिमी कोर्बिनले लेबरकै उम्मेदवारलाई हराए – Nepal Press

पार्टीबाट निष्कासनमा परेका दलका पूर्वनेता जेरिमी कोर्बिनले लेबरकै उम्मेदवारलाई हराए

काठमाडौं । सन २०२० मा लेबर पार्टीबाट निष्कासनमा परेर सो पार्टीका पूर्वनेता जेरिमी कोर्बिनले स्वतन्त्र सांसदको रूपमा चुनाव जितेका छन् ।

बेलायती मिडिया इन्डिपेन्डेन्टका अनुसार इस्लिङटन क्षेत्रबाट दश पटक लेबर पार्टीबाट सांसद भएका ७५ वर्षे उनी एघारौँ पटकमा भने स्वतन्त्र भएर जित्न सफल भएका छन् ।

उनले आफ्नै पूर्व दल लेबरका उमेदवारलाई आठ हजार मतान्तरले हराएर चुनाव जितेका हुन् ।

कोर्बिनको २४ हजार १२० मत आउँदा लेबरका प्रफुल नारगुण्डले १६ हजार ८७३ मत ल्याएका छन् ।

सन २०१९ को चुनावमा आफूले राम्रो नतिजा दिन नसकेको भनेर दलको नेताबाट राजीनामा दिएका कोर्बिनलाई सन २०२० मा दलबाट निष्कासन गरिएको थियो ।

सन २०२३ मा उनलाई लेबरले कुनै चुनावी सहयोग नगर्ने मतदान भएर प्रस्ताव पारित भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर