गृहसचिव, आईजीपी र सीआईबी प्रमुखसँग छानबिन समितिले गर्‍यो छलफल – Nepal Press
सहकारी प्रकरण

गृहसचिव, आईजीपी र सीआईबी प्रमुखसँग छानबिन समितिले गर्‍यो छलफल

काठमाडौं । सहकारीको बचत रकम दुरुपयोग छानबिनका लागि गठित संसदीय विशेष समितिले गृहसचिव, प्रहरी महानिरीक्षक (आईजीपी), सीआईबी प्रमुखसँग छलफल गरेको छ ।

सहकारीको ठगीबारे गरिएका उजुरी र अनुसन्धानको स्थितिबारे समितिले गृहसचिव एकनारायण अर्याल, आईजीपी वसन्त कुँवर र श्यामलाल ज्ञवालीसँग बयान लिएको हो ।

बिहीबारको बैठकमा समितिको कार्यादेशको अनुसूचीमा रहेका २९ वटै सहकारीका सञ्चालकलाई अनुसन्धानमा सहयोग गर्न आग्रह गरिएको थियो । साथै उनीहरूलाई समितिले बयानका लागि बोलाएको छ ।

हिजो महालेखापरीक्षक तोयम राय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका प्रमुख, महानिर्देशक कमलप्रसाद भट्टराई र सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेसहितका अधिकारीसँग छलफल गरिएको थियो ।

सूर्य थापा सभापति रहेको संसदीय समितिलाई छानबिनका लागि ३ महिनाभित्रको समय सीमा दिइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर