प्रचण्ड सरकारमाथि समर्थन फिर्ताको एमालेले पठाएको पत्र संसद सचिवालयमा – Nepal Press

प्रचण्ड सरकारमाथि समर्थन फिर्ताको एमालेले पठाएको पत्र संसद सचिवालयमा

काठमाडौं । नेकपा एमालेले प्रचण्ड सरकारमाथिको समर्थन फिर्ता लिएको जानकारीपत्र संघीय संसद सचिवालयमा पुगेको छ । प्रमुख सचेतक महेश बर्तौलाले पठाएको जानकारी पत्र संसद सचिवालयमा दर्ता भएको हो ।

राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनीतिक स्थायित्व गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल थालिएको भन्दै असार १९ बाट समर्थन फिर्ता लिइएको पत्र संसद सचिवालयलाई पठाइएको हो ।

कांग्रेससँग नयाँ सत्ता समीकरणको सहमतिसँगै एमालेका मन्त्रीहरूले सरकारमाथि समर्थन फिर्ता लिएर राजीनामा दिइसकेका छन् । रघुवीर महासेठको नेतृत्वमा सरकारमा रहेको ८ जना मन्त्रीहरूको राजीनामा हिजो स्वीकृत भइसकेको छ ।

कांग्रेस र एमालेले अल्पमतमा परेका प्रधानमन्त्रीलाई राजीनामा गरेर बाटो खोलिदिन आग्रह गरेका छन् ।

तर, प्रधानमन्त्री प्रचण्डले संसदबाटै विश्वासको मत फेस गर्ने बताएका छन् । समर्थन फिर्ताको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर