राष्ट्रियसभामा अर्थमन्त्रीको जवाफ- बजेट सन्तुलित छ, नेता र मन्त्री केन्द्रित छैन (पूर्णपाठ) – Nepal Press

राष्ट्रियसभामा अर्थमन्त्रीको जवाफ- बजेट सन्तुलित छ, नेता र मन्त्री केन्द्रित छैन (पूर्णपाठ)

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सरकार सबै भौगोलिक क्षेत्र, वर्ग समुदायको समानुपातिक र सन्तुलित विकासप्रति प्रतिबद्ध रहेको बताएका छन्।

राष्ट्रियसभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै बजेटले पाँच उद्देश्य, पाँच प्राथमिकता, पाँच रणनीति र पाँच रूपान्तरणकारी क्षेत्र पहिचान गर्ने लक्ष्य हासिल हुने विश्वास व्यक्त गरे।

उनले भने, ‘सरकारले बजेट विनियोजन गर्दा आयोजना बैंकमा आबद्ध भएका, बहुवर्षीय स्रोत सहमति दिएका, आगामी आर्थिक वर्षमा सम्पन्न हुने, सिर्जित दायित्व भुक्तानी गर्नुपर्ने, क्रमागत रूपमा रहेका तथा अनिवार्य दायित्व अन्तर्गत खर्च हुने आयोजना तथा कार्यक्रममा प्राथमिकतापूर्वक अनिवार्य रूपमा बजेट प्रस्ताव गर्नुपर्ने नै हुन्छ।’

प्रस्ताव गर्दा सबै निर्वाचन क्षेत्रमा समान विनियोजन नभएको हुन सक्छ तर सरकारले कुनै दल वा नेता वा मन्त्रीको निर्वाचन क्षेत्र वा मन्त्रीका नजिकका व्यक्तिका लागि मात्रै बढी बजेट छुट्याइएको भन्ने सत्य होइन र सरकारको प्राथमिकता सन्तुलित एवं समानुपातिक विकास गर्ने रहेको उल्लेख गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर