नेकपा एसका अन्य पदाधिकारी चयन भएनन्, ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा – Nepal Press

नेकपा एसका अन्य पदाधिकारी चयन भएनन्, ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा

काठमाडौं । नेकपा एकीकृत समाजवादीको महाधिवेशन ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गर्दै समापन हुन लागेको छ ।

अध्यक्ष, सम्मानित नेता र महासचिवबाहेक अन्य पदाधिकारी भने चयन हुन सकेनन् । हलमा अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले ९३ जनाको नाम घोषणा गरेका छन् ।

निवर्तमान केन्द्रीय सचिवालयको बैठकले साबिक पोलिटव्युरो कमिटीमा रहेकाहरुलाई केन्द्रीय सदस्य घोषणा गरेको हो । विदेशमा रहेका, शारीरिक रुपमा अशक्त भएकाहरुबाहेक अन्य सबै निवर्तमान पोलिटव्युरो सदस्यहरु केन्द्रीय सदस्य घोषणा भएका छन् ।

दश दिनभित्र केन्द्रीय सदस्यहरुबाट पदाधिकारी चयन हुने नेता जीवनराम श्रेष्ठले बताए । यसअघि अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल सर्वसम्मत भइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर