भोटेकोशीमा इलेक्ट्रिक हाइड्रोको ढलान भत्कियो, केही घाइते (भिडिओ) – Nepal Press

भोटेकोशीमा इलेक्ट्रिक हाइड्रोको ढलान भत्कियो, केही घाइते (भिडिओ)

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा रहेको इलेक्ट्रिक हाइड्रो पावरको ढलान भत्किँदा केही मजदुर घाइते भएका छन् ।

प्रहरीका अनुसार अहिलेसम्म फसेका ९ जनाको उद्धार गरिएको छ । बाँकी ३ जनाको उद्धारको प्रयास भइरहेको छ ।

मजदुरहरुले ढलान गर्दागर्दै भत्किएको हो ।

उद्धार गरिएकाहरूलाई अहिले उपचारका लागि बाह्रबिसे अस्पताल पुर्‍याइएको छ ।

४० मेगावाट क्षमताको उक्त जलविद्युत आयोजना निर्माणाधीन रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *