ललितपुरको ताल्छीखेलमा सुन पगाल्ने मेसिनसहित ५ जना पक्राउ, ५० लाख रुपैयाँ बरामद – Nepal Press

ललितपुरको ताल्छीखेलमा सुन पगाल्ने मेसिनसहित ५ जना पक्राउ, ५० लाख रुपैयाँ बरामद

काठमाडौं । ललितपुरको ताल्छीखेलबाट सुन पगाल्ने मेसिनसहित ५ जना पक्राउ परेका छन् । ललितपुर प्रहरी परिसरको टोलीले तीन भारतीय र २ जना नेपालीलाई पक्राउ गरेको छ ।

उनीहरुको साथबाट करिब ५० लाख रुपैयाँ नगद बरामद भएको ललितपुर प्रहरी प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।

पक्राउ पर्नेमा भारतको महाराष्ट्रका २८ वर्षीय युवराज विभुते, २० वर्षीय विक्रम यलवर, १८ वर्षीय अभिषेक विभुते, भक्तपुरको सूर्यविनायकका २० वर्षीय सिद्धान्त चौलागाईं र ललितपुरको महालक्ष्मीका २० वर्षीय यसवन्त सुनार रहेका छन् ।

उनीहरुको साथबाट ५० लाख ४ हजार ७३० रुपैयाँ नगद तथा १६९.९७ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ। उनीहरु सुनको कारोबारी हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *