नेकपा एसलाई सबैभन्दा ठूलो कम्युनिष्ट पार्टीको रूपमा अघि बढाउनुपर्छ : घनश्याम भुसाल – Nepal Press

नेकपा एसलाई सबैभन्दा ठूलो कम्युनिष्ट पार्टीको रूपमा अघि बढाउनुपर्छ : घनश्याम भुसाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले कम्युनिष्ट आन्दोलनको पुनर्गठन र रूपान्तरणको जिम्मेवारी आफ्नो काँधमा आएको दाबी गरेका छन्।

महाधिवेशन समापन समारोहलाई सम्बोधन गर्दै अब सबैभन्दा ठूलो र क्रान्तिकारी पार्टीको रूपमा अघि बढ्ने जिकिर गरे।

उनले भने, ‘कम्युनिष्ट आन्दोलनमा समाजवादी कार्यक्रम पारित गरेर ठूलो काम गरेको छौँ। त्यसपछि हामीले नेतृत्व पनि चयन गरेका छौँ मूलभूत रूपमा। यो महाधिवेशनले संकल्प गरेको र अभिलासा राखेको त्यो संकल्प पूरा हुने क्षणमा आएका छौँ।’

विद्रोह गरेर आएकाले आफ्नो क्यारेक्टरका आधारमा लक्ष्य र उद्देश्यका लागि हर चिज त्याग्न तयार हुनुपर्ने बताए।


प्रतिक्रिया

One thought on “नेकपा एसलाई सबैभन्दा ठूलो कम्युनिष्ट पार्टीको रूपमा अघि बढाउनुपर्छ : घनश्याम भुसाल

  1. अवश्य । यसरी नै लागिपर्दै जानु भो भने विश्वकै नम्वर वान पार्टी भै जान्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर