सन्दीपलाई ग्रेड ‘ए’ मा राख्ने क्यानको निर्णय – Nepal Press

सन्दीपलाई ग्रेड ‘ए’ मा राख्ने क्यानको निर्णय

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई ग्रेडिङमा समावेश गर्ने निर्णय गरेको छ । क्यान स्रोतकाअनुसार उनलाई ग्रेड ‘ए’ मा राख्ने निर्णय गरिएको हो । उक्त निर्णय जुलाई १ देखि लागू भएको छ ।

यसअघि सन्दीपविरुद्ध बलात्कारको आरोप लागेपछि उनी ग्रेडिङ बाहिर रहेका थिए । अदालतले उनलाई आरोपबाट सफाई दिएपछि ग्रेडिङमा समावेश गरिएको हो । जिल्ला अदालतले गरेको फैसला उच्च अदालतले उल्टाउँदै उनलाई सफाइ दिएको थियो ।

क्यानले यसै वर्षदेखि ग्रेड एमा रहेका खेलाडीलाई मासिक एक लाख रूपैयाँ पारिश्रमिक निर्धारण गरेको छ ।

पुरुषतर्फ ३० र महिलातर्फ १९ खेलाडी ग्रेडिङमा समावेश थिए । ग्रेड एमा कप्तान रोहित पौडेल, सोमपाल कामी, करण केसी, कुशल भुर्तेल, आसिफ शेख र दीपेन्द्रसिंह ऐरी छन् ।

पुरुषतर्फ ए, बी, सी, डी र इमर्जिङ क्याटोगोरी छन् । बी ग्रेडले ७० हजार, सी ग्रेडले ५५ हजार, डी ग्रेडले ३५ हजार र इमर्जिङ क्याटोगोरीले २५ हजार रूपैयाँ पाउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर