बाटोमा चक्कु देखाएर सहकारीको रकम लुटपाट, २ जना पक्राउ – Nepal Press

बाटोमा चक्कु देखाएर सहकारीको रकम लुटपाट, २ जना पक्राउ

काठमाडौं । काठमाडौंको मुड्खु भन्ज्याङमा चक्कु देखाएर लुटपाट गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार मानुषी लघुवित्त वित्तीय संस्थाका कर्मचारीले बजारबाट संकलन गरेको रकम कार्यालय पुर्यााउने क्रममा बिहीबार बिहान मुड्खु बतासेडाँडामा मोटरसाइकलमा आएका दुई युवाले चक्कु देखाएर लुटपाट गरेका थिए ।

पक्राउ पर्नेमा काठमाडौंको मुड्खुका ३३ वर्षीय सरोज परियार र रसुवा घर भइ डल्लु बस्ने २३ वर्षीय संगम तामाङ रहेका छन् । उनीहरुले २ लाख ८ हजार ६ सय रुपैयाँ लुटेको दाबी प्रहरीको छ । प्रहरीले उनीहरुको साथबाट एक लाख ३९ हजार ५ सय रुपैयाँ बरामद गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *