राजनीतिले नयाँ मोड लिन खोज्दैछ, समाजवादी मोर्चालाई क्रियाशील बनाउनुपर्छ : माधव नेपाल (भिडिओ) – Nepal Press

राजनीतिले नयाँ मोड लिन खोज्दैछ, समाजवादी मोर्चालाई क्रियाशील बनाउनुपर्छ : माधव नेपाल (भिडिओ)

काठमाडौं । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले समाजवादी मोर्चालाई क्रियाशील बनाउनुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा सम्पन्न पार्टीको महाधिवेशनलाई सम्बोधन गर्दै उनले समाजवादी मोर्चाको बैठक बस्न ढिला भइसकेको बताए । अहिले राष्ट्रिय राजनीतिले पनि नयाँ मोड लिन खोजिरहेको भन्दै नेपालले यसले केन्द्रमा मात्र नभई प्रदेशमा पनि प्रभाव पार्ने बताए ।

नयाँ समीकरणमा सामेल हुने पार्टीहरूसँग पनि छलफल, परामर्श गर्नुपर्ने आवश्यकता रहेको भन्दै उनले पुरानो सरकार कहिले बिदा हुने र नयाँ सरकारले कहिले आकार लिने भन्ने कुरा यत्तिकै भन्न नसकिने जिकिर गरे ।

नेपालले भने, ‘अहिले राष्ट्रिय राजनीतिले पनि नयाँ मोड लिन खोजिरहेको छ । यसले केन्द्रमा मात्रै प्रभाव पार्ने छैन, प्रदेश प्रदेशमा पनि प्रभाव पार्नेछ । यस अर्थमा हामीले कसरी अघि बढ्ने हो ? यसबारेमा विभिन्न दलहरुसँग पनि वार्ता गर्नुपर्ने छ । समाजवादी मोर्चालाई क्रियाशील गर्नुपर्नेछ । त्यसको निम्ति पनि बैठक बस्न ढिलो भइसकेको छ । अहिलेको नयाँ समीकरणको आधारमा नयाँ समीकरणमा सामेल हुने पार्टीहरूसँग पनि हामीले छलफल, परामर्श गर्नुपर्ने आवश्यकता छ । कुन ढंगले अघि बढ्ने हो ? कस्तो नीति लिनेछ ? कहिले आकार ग्रहण गर्नेछ, पुरानो सरकार कहिले बिदा हुनेछ, यी सबै कुरा यत्तिकै भन्न सकिँदैन, हाम्रो पनि सहभागिता र भूमिका रहने भएकाले यस कार्यमा पनि जुट्नुपर्ने छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर