एमालेले दलाल पूँजीवादसँग अँगालो मार्‍यो, कार्यकर्ताले गम्भीर भएर सोचुन् : झलनाथ (भिडिओ) – Nepal Press

एमालेले दलाल पूँजीवादसँग अँगालो मार्‍यो, कार्यकर्ताले गम्भीर भएर सोचुन् : झलनाथ (भिडिओ)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेकपा एमालेले दलाल पूँजीवादसँग अँगालो मारेको आरोप लगाएका छन् ।

शुक्रबार काठमाडौंमा महाधिवेशन सम्पन्न समारोहमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनाएको समीकरणलाई उनले दलाल पूँजीवादको संज्ञा दिए ।

उनले नेपाली कांग्रेसलाई दलाल पूँजीवादको संज्ञा दिँदै उनले कांग्रेससँग अँगालो मार्ने पार्टीले जनता र राष्ट्रको हित गर्न नसक्ने जिकिर गरे । उनले अहिले नेकपा एमाले भित्र भूकम्प गएको बताए । नेकपा (एकीकृत समाजवादी) को विकास र बिस्तारलाई रोक्नसक्ने शक्ति कुनै नरहेको जिकिर गरे ।

‘हाम्रो पार्टीको विकास र विस्तारलाई रोक्नसक्ने यो देशमा कुनै शक्ति छैन । हरेक हिसावले हाम्रो पार्टी अघि बढ्ने अवस्थामा छ । कम्युनिष्ट आन्दोलनमा अहिले दक्षिणपन्थी अवसरवाद र दक्षिणापन्थी यथास्थितिवाद हाबी छ । आम कार्यकर्ताहरुले नयाँ विचार खोजिरहेका छन् । सही नेतृत्व खोजिरहेका छन् । सही पार्टी खोजिरहेका छन्’, उनले भने, ‘स्वयं नेकपा एमालेभित्र अहिले कार्यकर्ताहरुमा एक किसिमको भूकम्प गइरहेको छ । जुन प्रकारको नेतृत्व छ, त्यो नेतृत्व अब दलाल पुँजीवादसँग अँगालो मार्दैछ कमरेडहरु । दलाल पुँजीवादसँग अँगालो मार्ने कुनैपनि कम्युनिष्ट पार्टीले जनता र राष्ट्रको हित गर्न सक्दैन । यो कुरा नेकपा एमाले पार्टी ३ लाख ५० हजार सदस्यहरुले अब आजदेखि नै गम्भीरतापूर्वक सोच्नुपर्नेछ । त्यो पार्टीभित्र व्यापक रुपान्तरणको अभियान चल्नेछ ।’

सम्मानित नेता खनालले नेपालको कम्युनिष्ट आन्दोलनमा अब नयाँ पुनःगठनको प्रक्रिया सुुरुवात हुने बताए ।


प्रतिक्रिया

2 thoughts on “एमालेले दलाल पूँजीवादसँग अँगालो मार्‍यो, कार्यकर्ताले गम्भीर भएर सोचुन् : झलनाथ (भिडिओ)

  1. लाजको पसारो।अब कथित नेकपा एस बाट चाहिँ तमाम कार्यकर्ता बहिर्गमित।

  2. कसले काे काे सँग अंगालाे माराे, नेपाली जनतालाई था छ नि । कि कसाे ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर