समीकरण फेरिएपछि लुम्बिनी प्रदेशसभाको बैठक अन्यौलमा, सूचना निकालेर स्थगित – Nepal Press

समीकरण फेरिएपछि लुम्बिनी प्रदेशसभाको बैठक अन्यौलमा, सूचना निकालेर स्थगित

रुपन्देही । राजनीतिक दलको सत्ता समीकरण फेरिएसँगै लुम्बिनी प्रदेश सभाको बैठक नै अन्यौलमा परेको छ । आइतबारका लागि बोलाइएको पूर्वनिर्धारित लुम्बिनी प्रदेशसभाको चौँथो अधिवेशनको २४ औं बैठक स्थगित भएको छ ।

२०८१ असार २३ गते आइतवार दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणवश स्थगित भएको लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जारी गरेको सूचनामा उल्लेख छ ।

सभामुख तुलाराम घर्तीमगरले अर्को सूचना प्रकाशन नभएसम्मका लागि लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १२ को उपनियम (३) बमोजिम स्थगित गरिएको पुनले जानकारी दिए ।

कांग्रेस-एमाले सत्ता समीकरण भएपछि बैठक स्थगित भएको हो । लुम्बिनीमा सरकारको नेतृत्व माओवादीले गरेको छ । एमालेको समर्थनमा सरकारको नेतृत्व गरेका माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा सबैभन्दा ठूलो दल एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका छन् । यो कारणले पनि सदन चलाउन समूया परेको हो । प्रदेशमा सभामुख र प्रदेश प्रमुख पनि माओवादीबाटै भएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर