बेलायती प्रधानमन्त्री बनेपछि केइर स्मार्टमरको पहिलो भाषण- पहिले देश, अनि दल – Nepal Press

बेलायती प्रधानमन्त्री बनेपछि केइर स्मार्टमरको पहिलो भाषण- पहिले देश, अनि दल

काठमाडौं । नवनियुक्त बेलायती प्रधानमन्त्री केइन स्मार्टरले आफ्नो विचारमा दलभन्दा देश अगाडि भएको बताएका छन् ।

आफ्नो सरकारको प्राथामिकतामा बोल्दै उनले आफूले बेलायतको पुनःनिर्माण गर्ने, सीमा सुरक्षा गर्ने, सडक सुरक्षित बनाउने, विश्वस्तरीय विद्यालय तथा कलेजहरु बनाउने तथा अर्थोपार्जनका क्षेत्रहरु बनाउने उनले बताए ।

जनताले दिएको जनादेशअनुसार काम गर्ने पनि उनले बताए । उनले भने, ‘हामीले इट्टा इट्टा थपेर देशको पुर्वाधार बनाउँछौँ ।’

६५० सिट भएको बेलायती सदनमा एकल बहुमत भन्दा धेरै ४१२ सिट ल्याएका स्टार्मरले बेलायती राजाबाट प्रधानमन्त्री चयन भएपछि यो मन्तव्य दिएका हुन् ।

यसैबीचमा बेलायतका प्रधानमन्त्री ऋषि सुनाकले राजिनामा दिएका छन् । उनले कन्जरभेटिव अर्थात् टोरिज् नेतृत्वबाट भने राजिनामा दिएका छैनन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *