नवलपुरमा डाक्टर साहमाथि मेयरकै अगाडि आक्रमण, चिकित्सक संघद्वारा दोषीमाथि कारबाहीको माग – Nepal Press

नवलपुरमा डाक्टर साहमाथि मेयरकै अगाडि आक्रमण, चिकित्सक संघद्वारा दोषीमाथि कारबाहीको माग

जनकपुरधाम । सर्लाहीको लालबन्दी नगरपालिका १ नवलपुरस्थित मनिषा हेल्थकेयर प्रालिमा कार्यरत चिकित्सक डा. मुकेश कुमार साहमाथि भएको सांघातिक आक्रमणमा संलग्नमाथि कारबाही गर्न नेपाल चिकित्सक संघले माग गरेको छ ।

संघका अध्यक्ष डा. रामजी यादव र सचिव डा. रामज्ञान यादवले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै डा. साहमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गरेका हुन् ।

दोषीमाथि कानूनी कारबाही नगरिए संघले आन्दोलनका कार्यक्रमहरू घोषणा गर्न बाध्य हुने विज्ञप्तिमा चेतावनी दिइएको छ ।

लालबन्दी नगरपालिकाका मेयर वासुदेव अधिकारीको उपस्थितिमा वडाध्यक्षलगायतका व्यक्तिहरुले डा. साहमाथि आक्रमण गरेको संघले जनाएको छ ।

उपचारमा संलग्न चिकित्सकमाथि भएको निन्दनीय कार्यको संघले घोर भर्त्सना गर्दै घटनामा संलग्नमाथि ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो) संशोधन ऐन २०७९’ बमोजिम कडा कारबाही गर्न संघले माग गरेको छ ।

लालबन्दीका कर्मचारी मोटरसाइकल दुर्घटनामा परेर घाइते भएपछि मनिषा हेल्थकेयरमा उपचारका लागि पुगेका थिए ।

उपचारपछि अन्य सरकारी अस्पताल जस्तै रकम तिर्ने भन्दै उपमेयर कल्पना माया पाख्रिन, प्रशासन प्रमुख र स्वास्थ्य विभागका प्रमुखसहितको टोलीले धम्की दिएको र नमानेपछि अस्पतालमा सिल गरेर ड्यूटीमा रहेका डाक्टरलाई कुटपिट गरी प्रहरीको जिम्मा लगाएको मनिषा हेल्थकेयरका सञ्चालक डा। राजीव झाले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *