क्यानले नेपाल प्रिमियर लिग आयोजना गर्ने – Nepal Press

क्यानले नेपाल प्रिमियर लिग आयोजना गर्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग आयोजना गर्ने भएको छ । बिहीबार बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले आउँदो नोभेम्बर/डिसेम्बरमा प्रिमियर लिग आयोजना गर्ने निर्णय गरेको हो ।

बैठकले टीयु क्रिकेट मैदानको पिचको पुनः निर्माण गरी स्तरोन्नति गर्ने, हाल सञ्चालनमा रहेको जिम हललाई व्यवस्थित गर्न विस्तार गरी जिम हलमा प्रयोग हुने आवश्यक उपकरण थप गर्ने तथा उक्त खेल मैदानलाई विस्तार एवं व्यवस्थित गर्न फेन्सिङ सारी ढलको व्यवस्थापन गर्ने निर्णय गरेको क्यानका सचिव पारख खड्काले जानकारी दिए ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद्बाट बजेट प्राप्त भएपछि सातै प्रदेशमा इन्डोर ट्रेनिङ सेन्टर निर्माण गर्ने निर्णयसमेत भएको खड्काले सुनाए ।

सातै प्रदेशका संघहरुसँग समन्वय गरी अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको टर्फ विकेट निर्माण गर्ने र प्रादेशिक क्रिकेट संघहरुमा डेभलपमेन्ट अफिसरको आवश्यकता देखिएको हुँदा ७ वटै प्रदेशहरूसँग समन्वय गरी प्रदेशहरूको सिफारिस अनुसार डेभलपमेन्ट अफिसर नियुक्त गर्ने निर्णय बैठकले गरेको हो ।

क्यानले केन्द्रीय सदस्य प्रदीप मजगैयाको संयोजकत्वमा ’महिला विकास समिति गठन गरेको छ । सदस्यमा तेज प्रकाश भट्ट, दिवाकर थापा, जिना श्रेष्ठ, सुवास जैसवाल, कृष्ण प्रसाद श्रेष्ठ र नारद नेपाल छन् । समितिको मेण्टरको रूपमा पूर्व कप्तान लेखबहादुर क्षेत्रीलाई रहनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर