स्वतन्त्र चुनाव जितेका बेलायतका जेरेमी कोर्बिनले भने- असहमत पक्ष दबाएर दबिँदैन – Nepal Press

स्वतन्त्र चुनाव जितेका बेलायतका जेरेमी कोर्बिनले भने- असहमत पक्ष दबाएर दबिँदैन

काठमाडौँ । बेलायतमा एकल बहुमत ल्याएर विजय बनेको दल लेबर पार्टीबाट निष्कासन गरिएका पूर्व पार्टी प्रमुखले स्वतन्त्र चुनाव जितेका छन् ।

झण्डै आठ हजार मतान्तरले लेबरका उमेदवारलाई चुनाव हराएका नेता जेरेमी कोर्बिनले दलको असहमत पक्ष दबाएन नदबिने बताएका छन् । आफ्नो आधिकारिक सामाजिक सञ्जालमा पोस्ट गर्दै कोर्बिनले यस्तो बताएका हुन् ।

सन २०२० मा यहुदी विरोधी बिल्ला लाएर दलबाट निष्कासन गरिएको कोर्बिनलाई सन २०२३ मा लेबरले कुनै चुनावी सहयोग नगर्ने बारेमा मतदान भएर निर्णय गरिएको थियो ।

सन २०२० मा दलबाट निष्कासन हुँदा उनको दलसँगको आबद्धता ५५ वर्ष पुगेको थियो । आफ्नो जीवनभर लागेको दलबाट निकालिनुका बाबजुध कोर्बिनले उत्तरी इस्लिङटनबाट चुनाव उठे । यो उनको ११ औँ चुनावी प्रयास थियो । १० पटक लेबरबाट जितेका उनले एघारौँ पटकमा स्वतन्त्र उठेर पनि जिते ।

उनी प्यालेस्टाइन पक्षधर हुन् । स्वास्थ्यको निजीकरणका विरोधी हुन् । उनी श्रमजीवीका पक्षधरको रूपमा चित्रित हुँदै आएका उम्मेदवार हुन् ।

बेलायती मूलधारको दलबाट किनारमा पारिएका उनले चुनाव जितेपछि भने आफ्नो जित आफ्नो नीजि जित नभएर आफ्नो समुदायको भएको बताएका छन् ।

इतिहासमा सबैभन्दा धेरै समावेशी अभियान यही पटक भएको पनि उनले बताएका छन् । उनले आफ्नो चुनाव जितपछिको सन्देशमा आफ्नो समुदायलाई जोडेर लेखेका छन्, ‘हाम्रो समुदाय यो प्रमाण हो कि दयालु निष्पक्ष दुनियाँ सम्भव छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर