पर्यटन विकास आयोजनाका तीन कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर – Nepal Press

पर्यटन विकास आयोजनाका तीन कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विकास आयोजना इकाई कार्यालय, काठमाडौँका तीन जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

आयोगले इन्जिनियर राजीव बस्नेत, सबइन्जिनियरद्वय राजनकुमार भट्टराई र सञ्जय अर्यालविरुद्ध शुक्रवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनीहरूले आपसी मिलेमतोमा निर्माण कार्य सम्पन्नपश्चात् अन्तिम बिल भुक्तानी गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग १७ हजार रुपैयाँ घुस लिएको आरोप लागेपछि अख्तियारको टोलीले सबइन्जिनियरद्वयलाई घुस रकमसहित पक्राउ गरेको आयोगका सहसचिव एवं प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उनका अनुसार अनुसन्धानमा इन्जिनियर बस्नेत, सबइन्जिनियरद्वय भट्टराई र अर्यालले निर्माण सम्पन्नपश्चात् ठेक्काबापतको रकम प्राप्तिका लागि सिफारिस गर्ने भन्दै सेवाग्राहीसँग घुस लिन लगाएको र लिएको पुष्टि भएको अख्तियारको दाबी छ ।

अख्तियारले उनीहरूविरूद्ध १७ हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनअनुसार कैद सजाय र बिगोबमोजिम जरिवानाको माग दाबी गरेको प्रवक्ता घिमिरेले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *