‘फान यूएसए च्याप्टर’लाई कलाकार संघको आधिकारिता – Nepal Press

‘फान यूएसए च्याप्टर’लाई कलाकार संघको आधिकारिता

काठमाडौं। नेपाल चलचित्र कलाकार संघले आफ्नो संस्थाको अमेरिका शाखा (फान यूएसए च्याप्टर) को पुनर्गठित समितिलाई आधिकारिकता प्रदान गरेको छ ।

अमेरिकामा रहेका नेपाली कलाकारहरूलाई संगठित गर्न, नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा पहुँच पुर्‍याई नेपाली चलचित्रको संरक्षण गर्न र पेसाकर्मीको उत्थान गर्ने उद्देश्यले नेपाल चलचित्र कलाकार संघले पुनर्गठित समितिलाई आधिकारिकता प्रदान गरेको हो।

संघका अध्यक्ष मोहन निरौलाद्वारा जारी आधिकारिकता पत्रमा फान यूएस च्याप्टरको पुनर्गठित समितिलाई आधिकारिकता दिन सिफारिस भई आएकाले त्यहाँबाट प्राप्त पदाधिकारी सदस्यहरूलाई यूएस शाखाको रूपमा आधिकारिता प्रदान गर्ने निर्णय भएको उल्लेख छ ।

अमेरिका शाखाको पहिलो अध्यक्ष अभिनेता नवराज श्रेष्ठ थिए भने त्यसपछिको कार्यकाल अभिनेता विक्रान्त बस्नेतले सम्हालेका थिए। केही महिना अगाडी संघका निवर्तमान अध्यक्ष अमेरिका गएको अवसर पारेर उनकै उपस्थितिमा अमेरिकामा सम्पन्न भेलाले सर्वसम्मत रूपमा अभिनेता दिनेश कार्कीको नेतृत्वमा संघको अमेरिका शाखा पुनर्गठन गरेको हो ।

पुनर्गठित समितिलाई नेपाल चलचित्र कलाकार संघको केन्द्रीय कार्यसमितिले महासचिव तथा अन्तर्राष्ट्रिय समन्वय समितिका संयोजक सविन श्रेष्ठको सिफारिसमा २०८१ आषाढ २० गते देखि लागु हुने गरी आधिकारिकता प्रदान गरेको छ ।

आधिकारिकता पत्रमा भनिएको छ, ‘नेपाल चलचित्र कलाकार संघका निवर्तमान अध्यक्ष रवीन्द्र खड्काको उपस्थितिमा नेपाल चलचित्र कलाकार संघ, संयुक्त राज्य अमेरिका शाखाको पुनर्गठन गरिएको पत्र प्राप्त भई सो सम्बन्धमा संघका महासचिव तथा अन्तर्राष्ट्रिय समन्वय संयोजक सविन श्रेष्ठबाट संयुक्त राज्य अमेरिका शाखा (फान यूएसए च्याप्टर) को पुनर्गठित समितिलाई आधिकारिता दिन सिफारिस भई आएकाले त्यहाँबाट प्राप्त पदाधिकारी सदस्यहरूलाई यूएस शाखाको रूपमा आधिकारिताका प्रदान गर्ने निर्णय भएकाले बधाईका साथ जानकारी गराउँदछौ ।’

फान यूएस च्याप्टरको अध्यक्षमा दिनेश कार्की, वरिष्ठ उपाध्यक्षमा गणेश उप्रेती, महासचिवमा सवास बि. थापा, कोषाध्यक्षमा मदन थापा, सचिवमा पुष्कर पन्त र सदस्यहरूमा दीपक त्रिपाठी, किशोर सुब्बा, गोपाल अधिकारी, मोहन मिश्र, सुन्दर श्रेष्ठ, सूर्य सिम्खडा, सुमन विष्ट, दिनेश थापा, गीता शाही, राजेश ढुंगाना, रामकृष्ण महर्जन र प्रवेश उप्रेती रहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *