अशोक राईकाे जसपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, राजीनामा दिन बालुवाटार जाँदै मन्त्रीहरु – Nepal Press

अशोक राईकाे जसपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, राजीनामा दिन बालुवाटार जाँदै मन्त्रीहरु

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

पार्टी अध्यक्ष एवम संसदीय दलका नेता राईले प्रधानमन्त्री प्रचण्डलाई पत्राचार गर्दै आफ्नो दलको शुक्रबार बसेको बैठकको निर्णय अनुसार शुक्रबारदेखि नै लागू हुनेगरी फिर्ता लिएको जानकारी गराएका हुन् ।

साथै जसपाले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई पनि पत्राचार गर्दै आफ्नो दलले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको र वर्तमान सरकारको प्रतिपक्षमा बस्ने निर्णय भएको जानकारी गराइसकेको पार्टीका महासचिव मोहम्मत इस्तियाक राईले नेपाल प्रेसलाई जानकारी दिए ।

राई नेतृत्वको जसपाबाट अहिले स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा प्रदिव यादव, वन तथा वातावरणमन्त्री नवलकिशोर साह र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हसिना खान रहेका छन् ।

३ जनामध्ये २ जना मन्त्री प्रधानमन्त्रीलाई राजिनामा बुझाउन गइसकेको र राज्यमन्त्री खान बाँकेको नेपालगञ्जमा रहेका कारण बिद्युतीय माध्यमबाट राजिनामा बुझाउने महासचिव राईले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर