सिरहाको नवराजपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध मुद्दा दर्ता – Nepal Press

सिरहाको नवराजपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको नवराजपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहित ८ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।

आयोगले ग्राभेल निर्माण कार्यमा अनियमितता गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, इन्जिनियर, वडा अध्यक्षसमेत ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

१२ लाख ७ हजार २६० रुपैयाँ बिगो कायम गर्दै कैद र बिगो बमोजिम जरिबाना सजाय माग दाबी गरेर मुद्दा दायर गरिएको आयोगका सहसचिव एवं प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *