बीवाईडी इलेक्ट्रिक गाडीको मूल्य समायोजन – Nepal Press

बीवाईडी इलेक्ट्रिक गाडीको मूल्य समायोजन

काठमाडौं । बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नेपाली बजारमा उपलब्ध बीवाईडीका विभिन्न मोडलका गाडीको मूल्य समायोजन गरेको छ ।

सरकारले केही समय पहिले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१।८२ को बजेटमार्फत सरकारी कर नीतिमा गरेको परिवर्तनका कारण सो मूल्य समायोजन गरिएको हो ।

सरकारले इलेक्ट्रिक गाडीमा हुने मोटर क्षमताको आधारमा भन्सार तथा अन्तःशुल्क वृद्धि गरेको छ । नयाँ नीति अनुसार अन्य इलेक्ट्रिक गाडी जस्तै बीवाईडीका विभिन्न मोडलको समेत मूल्यमा प्रभाव परेको हो ।

नयाँ मूल्य सूची अनुसार बीवाईडी एट्टो ३ एड्भान्स्डको मूल्य ५६ लाख ९० हजार र एट्टो ३ सुपेरियरको मूल्य ६७ लाख ८० हजार रुपैयाँ पुगेको छ । यी गाडीको मूल्यमा क्रमशः ९१ हजार र १ लाख ९२ हजार रुपैयाँ मूल्य वृद्धि भएको छ ।

त्यसैगरी बीवाईडी डल्फिनको मूल्य ३९ लाख ८० हजार बाट ४१ लाख १५ हजार रुपैयाँ पुगेको छ । यसमा १ लाख ३५ हजार रुपैयाँ मूल्य वृद्धि भएको छ । बीवाईडी सिलका तीन भेरिएन्टको मूल्य क्रमशः १ करोड १० लाख, १ करोड ४५ लाख ५० हजार र १ करोड ९५ लाख पुगेको छ । यी तीन भेरिएन्टमा क्रमशः ५ लाख, ६ लाख ५० हजार र १० लाख रुपैयाँ मूल्य बढेको छ ।

साइमेक्स इंकले आगामी दिनमा समेत नेपाली ग्राहकलाई उच्च प्रविधियुक्त र वातावरणमैत्री इलेक्ट्रिक सवारी साधन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

बीवाईडी हाल न्यु इनर्जी भेइकल उत्पादन गर्ने विश्वकै अग्रणी सवारी साधन उत्पादक मानिन्छ । गुणस्तर, विश्वसनिय र अत्याधुनिक प्रविधिका लागि बीवाईडीका सवारी साधन परिचित छन् ।

बीवाईडी हाल चलिरहेको युरो २०२४ को प्रायोजक समेत हो । यसले विश्व स्तरमा दिगो मोबिलिटीका लागि कम्पनीको प्रतिबद्धता दर्शाउछ । बीवाईडी सवारी साधनका वारेमा जानकारी लिनका लागि नजिकको बीवाईडी शोरुम भ्रमण गर्न र www.cimex.com.np मार्फत विभिन्न मोडलका गाडी तथा मूल्य वारेमा थप जानकारी लिन सकिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *