धनुषाको मिथिला बिहारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा – Nepal Press

धनुषाको मिथिला बिहारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको मिथिला बिहारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदरश यादवसहित चार जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगले नगरपालिका ९ को श्री आधारभूत विद्यालय र रामजानकी प्राथमिक विद्यालयमा विद्यार्थी सिकाई अभिवृद्धि कार्यक्रमको भुक्तानी दिँदा अनियमितता गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृत यादव, लेखापाल सुभाष कुमार झा, जिन्सी शाखाका खरिदार उपेन्द्र यादव र मजदुर होजीयारी उद्योगका प्रोप्राइटर रामसुन्दर साह तेली विरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

उनीहरु विरुद्ध ५ लाख ३४ हजार ७ सय १० रुपैयाँ विगो दाबी गर्दै कैद र जरिवानाको सजाय गरी बिगो मागदाबी सहित मुद्दा दायर भएको आयोगका सहसचिव एवम प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *