जुम्लामा यार्सागुम्बा लुट्ने समूह हतियारसहित प्रकाउ – Nepal Press

जुम्लामा यार्सागुम्बा लुट्ने समूह हतियारसहित प्रकाउ

सुर्खेत । जुम्लामा अत्याधुनिक हतियारसहित चार जना पक्राउ परेका छन् । जुम्लाको पातारासी गाउँपालिका–३ महरीगाउँको चने लेख नजिकको पाटनबाट अत्याधुनिक हतियारसहित चार जना पक्राउ परेका हुन् ।

जेठ १४ गते मुगुम कार्मारोङ गाउँपालिका– १, डोल्पु गाउँका स्थानीयहरू यार्सागुम्बा संकलन गर्न गएको मौका छोपेर आठ जनाको हतियारधारी समूहले स्थानीयको घरमा लुटपाट गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरीले जानकारी दिए ।

घटना लगत्तै जुम्ला, मुगु र डोल्पाका नाकाबाटहरुमा प्रहरी खटाइएको उनले बताए । घटना भएको झण्डै एक महिनापछि मुगुुमा पछिल्लो पटक स्थानीयले संकलन गरेको यार्सा लुटपाटमा संलग्न आठमध्ये चार जनाको पक्राउ गर्न प्रहरी सफल भएको महानिरीक्षक चन्दले बताए ।

उनका अनुसार अरुपनि पक्राउ परेको तर उक्त ठाउँमा मौसम प्रतिकुल नुहँदा कुनै जानकारी नआएको बताए ।

उनले अनुसन्धानमा मुगु र जुम्लाबाट प्रहरीको संयुक्त टोली खटिएको जानकारी दिए ।

प्रकाउ पर्नेमा प्रहरी स्रोत जुम्लाकाअनुसार पातारासीकै आठ जना पक्राउ परेको र उनीहरुबाट लुटपाटमा प्रयोग गरिएको अत्याधुनिक हतियारसमेत बरामद गरिएको छ ।

प्रहरीले बरामद गरेका हातहतियारमा कटुवा पेस्तोल एक थान, एसएलआर १ थान, २ थान म्याग्जिन, २५ राउण्ड गोली, ३ थान ओकेटोके, १ थान बाइनाकुलर, ५ सेट आर्मीको ड्रेस, र ट्रेकिङ झोलासहित रहेको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ पर्नेमा जुम्ला पातारासी गाउँपालिकाका पशे भनिने गणेश भण्डारी, धनप्रसाद भण्डारी, नवराज बुढा, पुर्णप्रसाद भण्डारी, राम अधिकारी, मानबहादुर बुढा, कमल थापा र वीरबल बोहराको प्रहरीले जनाएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर