एमाले स्कूल विभाग र कोशी प्रदेश सम्पर्क कमिटीले कार्यकर्तालाई शनिबार प्रशिक्षण दिने – Nepal Press

एमाले स्कूल विभाग र कोशी प्रदेश सम्पर्क कमिटीले कार्यकर्तालाई शनिबार प्रशिक्षण दिने

काठमाडौं । नेकपा एमालेको केन्द्रीय स्कूल विभाग र कोशी प्रदेश सम्पर्क कमिटीले नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिने भएको छ ।

शनिबार बिहान ८ बजेदिखि प्रशिक्षण चल्ने कोशी प्रदेश सम्पर्क कमिटीका उपसचिव एवं प्रचार–प्रसार तथा प्रकाशन विभाग संयोजक राजेन्द्र गुरुङले बताए ।

एमाले उपमहासचिव एवं स्कूल विभागका प्रमुख प्रदीप ज्ञवालीले प्रशिक्षण दिनेछन् ।

पछिल्लो राजनीतिक परिवेश, जनवर्गीय संगठन र पार्टीबीचका सम्बन्ध, विकास निर्माण, पार्टीका सिद्धान्त, जनताको बहुदलीय जनवाद लगायतका १८ विषयमा प्रशिक्षित गराउने कार्यसूची रहेको उनले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर