जनकपुर विकास परियोजनाको जग्गा छानबिन गर्न समिति गठन, यस्ता छन् सरकारका निर्णय – Nepal Press

जनकपुर विकास परियोजनाको जग्गा छानबिन गर्न समिति गठन, यस्ता छन् सरकारका निर्णय

काठमाडौं । सरकारले वृहत्तर जनकपुर क्षेत्र विकास परियोजनाअन्तर्गतका जग्गा तथा अन्य सम्पत्ति संरक्षण गरी साविककै अवस्थामा ल्याउन समिति गठन गरेको छ ।

असार १७ गते बसेको मन्त्रिपरिषदले यस्तो निर्णय गरेको हो । त्यसका लागि पूर्वसचिव रामप्रसाद थपलियाको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।

त्यस्तै, असार २४ देखि साउन ३ सम्म अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषदको संयोजनमा दिगो विकाससम्बन्धी उच्चस्तरीय राजनैतिक संयन्त्रको बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षसहितको टोलीलाई पठाउन स्वीकृति दिने पनि निर्णय गरेको छ ।

यस्ता छन् सकारका निर्णयहरुः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *