मन्त्रीबाट हटेको दुई महिना पुग्दा पनि कोशीका पूर्वमन्त्री खत्रीले निवास खाली गरेनन् – Nepal Press

मन्त्रीबाट हटेको दुई महिना पुग्दा पनि कोशीका पूर्वमन्त्री खत्रीले निवास खाली गरेनन्

विराटनगर । मन्त्री पदबाट हटेको २ महिना बित्दा पनि केदार कार्की नेतृत्वको सरकारमा मन्त्री भएका राम कुमार खत्रीले निवास खाली गर्न आलटाल गरेका छन् ।

वैशाख २६ गते मन्त्रीबाट हटेका कोशी प्रदेशका पूर्व उद्योग कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले निवास खाली गर्न आलटाल गरेका छने । उनले तीन वटा सवारी साधन समेत अर्झै सम्म फिर्ता गरेका छैनन् ।

उनी अहिले पनि कोशी प्रदेश सरकारले उपलब्ध गराएको मन्त्री निवासमा बस्दै आएका छन् । उनी उदयपुर क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित सांसद हुन् । केदार कार्कीले नेतृत्वको सरकारमा गत माघमा मन्त्री नियुक्त भएका थिए ।

माओवादी र एमालेका बिचमा सत्ता गठबन्धन बनेसँगै केदार कार्की नेतृत्वको सरकार अल्पमतमा परेपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनको आव्हान गरेका थिए ।

नयाँ मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त भएको दुई महिना पुग्दा पनि खत्रीले भने मन्त्रीकै हैसियत जसरी को १ झ ६४७ नम्बरको गाडी चढ्दै आएका छन् । उनको सचिवालयले प्रयोग गरेको दुई वटा मोटरसाइकल फिर्ता समेत फिर्ता भएको छैन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *