बुटवलका दुई फेन्सी पसलमा आगलागी हुँदा करिब डेढ करोडको क्षति – Nepal Press

बुटवलका दुई फेन्सी पसलमा आगलागी हुँदा करिब डेढ करोडको क्षति

रुपन्देही। बुटवलको संगमपथमा गयराती दुई फेन्सी पसलमा भएको आगलागीबाट करिब डेढ करोडको नोक्सान भएको छ ।

संगमपथस्थित बुटवल उद्योग वाणिज्य संघको भवनमा रहेको ज्ञवाली गिफ्ट पसल र जी फेन्सी स्टोरमा भएको आगलागीबाट १ करोड ४० लाखभन्दा बढीको क्षति भएको जी फेन्सी स्टोरका सञ्चालक शंकर ज्ञवालीले जानकारी दिए।

उनका अनुसार जी फेन्सी स्टोरको मात्रै १ करोड १० लाख बढीको क्षति भएको छ । त्यस्तै ज्ञवाली गिफ्ट पसलको ३० लाख बढी क्षेति भएको छ । राती करिव २ बजेको समयमा ज्ञवाली गिफ्ट पसलबाट सुरु भएको आगलागकिा कारण संगै रहेको जी फेन्सी स्टोर समेत जलर पूर्णरुपमा क्षति भएको छ ।

तत्काल स्थानीय, प्रहरी तथा बुटवल उपमहानगरपालिकाको दमकलको सहायताले करिव २ घटामा आगो नियन्त्रणमा लिइएको भएपनि आगलागी भएको दुई पसलमा पूर्ण रुपमा क्षति भएको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले बताए।

के कति कारणले आगलागी भयो यकिन नभएपनि विद्युत सर्किट सट भएको हुनसक्ने अनुमान गरिएको छ । पसलमा भएको आगलागी नियन्त्रण हुन नसकेको भए त्यसबाट ठूलो क्षति व्यहोर्नुपर्ने स्थानीयसमेत रहेका बुटवल उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष उज्ज्वलप्रसाद कसजूले बताए।

संघको भवनमा रहेका पसलमा आगलागी भएपछि आकस्मिक रुपमा बसेको संघका पूर्वअध्यक्षसहितको कार्यसमिति बैठकले आगलागीका सम्वन्धमा अध्ययन समिति गठन गरिएको छ ।

संघका अध्यक्ष हरिप्रसाद अर्यालको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले आगलागीको विषयमा अध्ययन गरी राय सुझाव दिनको लागि वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो । उक्त समितिको सदस्यमा संघका उद्योग उपाध्यक्ष सुरज भट्टराई र वाणिज्य उपाध्यक्ष विमलराज भट्टराई रहेका छन् ।

त्यस्तैगरी आगलागी भएका सटरलाई मर्मत सम्भार गरी तत्काल ती व्यवसायलाई पुनःस्थापित गर्ने वातावरण मिलाउन संघका महाससचिव मुक्तिप्रसाद अधिकारीको संयोजकत्वमा कोषाध्यक्ष बसन्तप्रसाद ढकाल र सचिव प्रतिक पोखरेल सदस्य रहेको समिति गठन गरिएको महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर