कोपा अमेरिका: सडन डेथमा क्यानडा भाग्यमानी – Nepal Press

कोपा अमेरिका: सडन डेथमा क्यानडा भाग्यमानी

काठमाडौं । भेनेजुएलालाई सडन डेथमा पराजित गर्दै क्यानडाले कोपा अमेरिका (२०२४ को सेमिफाइनल यात्रा तय गरेको छ ।

शनिबार बिहान भएको खेलको निर्धारित समयमा १-१ को बराबरी भएपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो ।

खेलमा क्यानाडाले १४ औं मिनेटमा ज्याकोब साफेलबर्गको गोल मार्फत अग्रता लिएको थियो । भेनेजुएला दोस्रो हाफमा खेलमा फर्कन सफल रह्यो र उसका लागि सालोमन रोन्डोनले ६५ औं मिनेटमा बराबरी गोल फर्काए ।

त्यसपछि कुनै गोल नहुँदा खेलको नतिजा सडन डेथबाट निस्कियो । पाचौं पेनाल्टीसम्म ३-३ को अवस्थामा पुगेपछि भेनेजुएलाका लागि छैटौं पेनाल्टी प्रहारमा विल्कर एन्जेल चुके तर इस्माएल कोनेल क्यानाडाका तर्फबाट निर्णायक गोल गर्दै खेल ४-३ ले जिताए ।

अब सेमिफाइनलमा क्यानडाको भेट अर्जेन्टिनासाग हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *