पहिरोले पाल्पा- बुटवल सडक अवरुद्ध, सेवारखोलामा बनाइएको डाइभर्सन बगायो – Nepal Press

पहिरोले पाल्पा- बुटवल सडक अवरुद्ध, सेवारखोलामा बनाइएको डाइभर्सन बगायो

रूपन्देही ।शुक्रबारदेखि परेको अविरल पानीपछि विभिन्न ठाउँमा पहिरो खसेपछि सिद्वार्थ राजमार्गको पाल्पा बुटवल सडक अवरुद्ध बनेको छ ।

सिद्धार्थ राजमार्गको पाल्पा बुटवल खण्डको कालीमाटी, चर्चरे, बर्तुङु र राम्नी नजिकै पहिरो खसेको प्रहरीले जनाएको छ ।

सडकमा खसेको पहिरोको कारण दुवै सडक खण्ड शनिवार बिहानैदेखि अवरुद्ध बनेको छ । सडक अवरुद्ध बनेपछि पाल्पाबाट बुटवल जाने र बुटवलबाट पाल्पातर्फ आउने सवारीसाधन बिच बाटोमै राखिएको छ । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ ।

तर पानी परेकाले पहिरो पन्छाउन समस्या भइरहेको प्रहरीले जनाएको छ । कालीमाटी, चर्चरे र राम्दी क्षेत्रका सडक एकतर्फी खुलाइएको छ । अन्य स्थानको पहिरो हटाउन भने केही समय लाग्ने प्रहरीले जनाएको छ ।

यसैगरी दाङको घोराही-तुलसीपुर सडक खण्ड अन्तर्गत सेवारखोलामा बनाइएको डाइभर्सन बगेको छ । नियमितको वर्षाले गर्दा आएको बाढीले शनिबार विहान डाइभर्सन बगाएको हो । डाइभर्सन बगाउँदा आवतजावतमा ठप्प भएको छ । जिल्ला प्रशासन कार्यालय दाङले सूचना जारी गरी बैकल्पिक सडक प्रयोग गर्न यात्रुहरुमा अनुरोध गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर