ओेली निवास बालकोटको सुरक्षार्थ खटिएका एपीएफका इन्स्पेक्टरको मृत्यु – Nepal Press

ओेली निवास बालकोटको सुरक्षार्थ खटिएका एपीएफका इन्स्पेक्टरको मृत्यु

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा सुरक्षार्थ खटिएका सुरक्षा प्रमुख सशस्त्र प्रहरीका इन्स्पेक्टर उमेश थापाको मृत्यु भएको छ ।

आज बिहान ५ बजे भक्तपुरको गुन्डुस्थित आफ्नै निवासमा सुतिरहेकै ठाउँमा हृदयघात भएपछि अस्पताल लगिएको थियो ।

भक्तपुर अस्पताल पुयाइएलगतै चिकित्सकले मृत घोषणा गरेको हो । ४३ वर्षीय इन्स्पेक्टर थापाकाे हृदयघातकाे कारण मृत्यु भएको हुन सक्ने सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी कुमार न्यौपानेले नेपालप्रेसलाई बताए ।

‘अस्पतालले हृदयघातको कारण मृत्यु भएको भनेको छ । पोस्टमार्टम रिपोट नआइ थप भन्न सकिन्न । ‘उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर