महाधिवेशनपछि नेकपा एसको पहिलो केन्द्रीय कमिटी बैठक बस्दै, पदाधिकारीमा सहमति खोजिने – Nepal Press

महाधिवेशनपछि नेकपा एसको पहिलो केन्द्रीय कमिटी बैठक बस्दै, पदाधिकारीमा सहमति खोजिने

काठमाडौं । नेकपा एकीकृत समाजवादीको दशौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा दिउँसो १ बजे बैठक बस्न लागेको नेता जीवनराम श्रेष्ठले बताए। उनका अनुसार बैठक पार्टीको बाँकी पदाधिकारी र केन्द्रीय कमिटी चयन, पार्टीको रणनीतिलगायत समासामियक बिषयमा छलफल हुनेछ।

हिजो सकिएको महाधिवेशनले अध्यक्ष, सम्मानित नेता, महासचिव र ९३ सदस्यीय केन्द्रीय सदस्य सर्वसम्मत घोषणा गरेको थियो। तर बाँकी पदाधिकारीमा नेताहरु धेरै आकांक्षी भएपछि सहमति टुंग्याउने भन्दै महाधिवेशन सम्मन्न गराइएको थियो।

नेकपा एसमा २९९ र २१ पदाधिकारी चहुने व्यवस्था छ। वरिष्ठ उपाध्यक्ष, उमहासचिव र सचिवमा १९ सहित २०६ केन्द्रीय सदस्य चयन गर्नुपर्नेछ।

वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे, वेदुराम भुसाल र प्रमेश हमालको दाबी छ। एक साताभित्र बाँकी पदाधिकारी र केन्द्रीय कमिटी टुंग्याइसक्ने गरी छलफल भइरहेको उनले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर