माओवादीलाई रमेश लेखकको जवाफ- संविधान संशोधन अग्रगमनका लागि हो, पछाडि फर्किन होइन (भिडिओ) – Nepal Press

माओवादीलाई रमेश लेखकको जवाफ- संविधान संशोधन अग्रगमनका लागि हो, पछाडि फर्किन होइन (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले एमालेसँग मिलेर आफूहरुले संविधान संशोधन देशलाई अग्रगमतिर लैजानको लागि गर्न लागेको बताएका छन्। सहकारी रकम अपचलनपछिको परिस्थितीबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै संविधान संशोधन गर्दैमा पश्चगमन नहुने बताए।

‘अहिले हामीले नयाँ प्रयोग गरेका छौं। राजनीतिक स्थिरताको होस् भनेर हामी अघि बढेका छौं। संविधानको समीक्षा गरेर समसामयिक संशोधन गर्न लागेका छौ’ उनले माओवादीलाई लक्षित गर्दै भने, ‘तर कतिपय कमरेडहरुले पश्चगन भन्नुहुन्छ। हामीले अग्रगमनका लागि संविधान संशोधन गर्न लागेका हौं। हामीले संविधान संशोधन गर्ने भनेको संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशीको मुद्दालाई थप सुुदृण गर्नको लागि हो। पछाडि फर्किने होइन।’

उनले एउटा सरकारको कुरा गर्दा गर्दै सिंहदरबारमा अर्को सरकार बन्ने खतरा भइरहेको उल्लेख गरे। उनले सहकारीमा संलग्न उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई जोगाउन राज्यका संयन्त्रहरुको दुरुपयोग भएको दाबी गरे।

उनले भने,’सहकारी ठगीमा गृहमन्त्री संलग्न भएका छन्। तीनलाई बचाउन राज्यका ठूला ठूला अंगहरु प्रयोग भएका छन्। कहिले प्रहरी प्रशासन त कहिले महान्यायाधिवक्ता प्रयोग भएको देखिन्छ।’ उनले सरकारीको समस्या समाधान गर्न सरकारको ध्यान नगएको भन्दै अहिले र अब बन्ने सरकारलाई ध्यानाकर्षण गराए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर