अझै रोकिएन वर्षा, उपत्यकाका मुख्य नदीको दायाँबायाँका क्षेत्र डुबानमा (तस्वीरहरु) – Nepal Press

अझै रोकिएन वर्षा, उपत्यकाका मुख्य नदीको दायाँबायाँका क्षेत्र डुबानमा (तस्वीरहरु)

काठमाडौं । शुक्रबार रातिदेखि परेको वर्षाले काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, मनोहरा, हनुमन्तेलगायतका खोला तथा नदीमा पानीको सतह ह्वात्तै बढेको छ । कोरिडोरको नाउँमा नदी साँघुर्‍याउँदा वर्षाको पानीले नदी दायाँबायाँका क्षेत्र डुबानमा परेका छन् ।

वर्षा नरोकिएकाले नदीहरुमा पानीको सतह निरन्तर बढिरहेको छ । बागमती नदीको दायाँबायाँ रहेको शंखमुल, टेकु, सानेपा, बल्खु क्षेत्र पूरै डुबानमा परेको छ । बागमती करिडोरसमेत डुबानमा परेको छ ।

काठमाडाैं उपत्यकाका मुख्य नदीहरुको जल सतह बढेपछि नदी दायाँबायाँका बस्ती डुबानमा परेका छन् ।

काठमाडौं उपत्यकामा रहेका सशस्त्र प्रहरी बल नेपालका एकाइबाट विभिन्न इलाकामा टोली परिचालन गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

उपत्यकाको गोकर्णेश्वर, बल्खु, विष्णुमती, थापाथली, शङ्खमूल, मनोहरा, धोबीखोला, जडीबुटी मनोहरा खोला तथा पशुपति क्षेत्रसहित जोखिमयुक्त क्षेत्रमा सशस्त्र प्रहरी परिचालन गरिएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर