मारवाडी सेवा समितिबाट सात जनाले पाए निःशुल्क कृत्रिम खुट्टा – Nepal Press

मारवाडी सेवा समितिबाट सात जनाले पाए निःशुल्क कृत्रिम खुट्टा

काठमाडौं । पशुपतिनाथ मन्दिर परिसर गौशालामा रहेको मारवाडी सेवा समिति नेपालले कृत्रिम खुट्टा निःशुल्क वितरण गरेको छ । समितिले नियमित रुपमा गर्दै आएको उक्त कार्य शनिबार पनि निरन्तरता दिइएको हो ।

समितिका अध्यक्ष प्रमोदकुमार अग्रवालले विभिन्न कारणले खुट्टा गुमाउन पुगेका अति आवश्यक भएका सात जनालाई निःशुल्क रुपमा कृत्रिम खुट्टा वितरण गरिएको जानकारी दिए ।

कार्यक्रममा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) कृष्णहरि शर्मा पोखरेल, नेपालप्रेसका निर्देशक दिनेशकुमार लम्साल, पशुपति धर्मशालाका अध्यक्ष रमेश तापडियालगायतले कृत्रिम खुट्टा वितरण गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर