ओलीलाई भस्मासुरको संज्ञा दिँदै झलनाथले भने- संसद विघटन गरेदेखि अस्थिरता बढ्यो (भिडिओ) – Nepal Press

ओलीलाई भस्मासुरको संज्ञा दिँदै झलनाथले भने- संसद विघटन गरेदेखि अस्थिरता बढ्यो (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भस्मासुरको संज्ञा दिएका छन् । प्रवासी नेपाली एकता मञ्चको अन्तर्राट्रिय अधिवेशनलाई सम्बोधन गर्दै उनले ओलीकै कारणले कम्युनिष्ट आन्दोलन ओरालो यात्रामा लागेको बताए ।

उनले भने, ‘हामीले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउँदै नेकपामा पुर्‍याइसकेका थियौं । जुन नेकपामा पुयाउँदा १० लाख पार्टी सदस्य थिए । संसदमा दुई तिहाइ बहुमतमा थियौं । ७ मध्ये ६ प्रदेशमा पूर्ण बहुमतमा थियौं । देश वाममय बन्दै गइरहेको थियो, तर त्यस्तो शक्तिको नेतृत्व गर्ने ठाउँमा जुन नेतालाई पुर्‍यायौं भष्मासुर निस्किए । उनले कम्युनिष्ट आन्दोलनलाई दक्षिपणन्थतिर लग्दै गए र आफैं दुई तिहाइ बहुमत भएको संसदलाई विघटन गर्ने काम भयो ।’

उनले ओलीकै कारण नेपालको राजनीति दक्षिणपन्थी र अवसरवादतर्फ गएको जिकिर गरे । ओलीले संसद विघटन गरेदेखि नेपालको राजनीति अस्थिर बन्दै कम्युनिष्ट आन्दोलनलाई नै दिशाहीन बनाएपछि आफूहरुले विद्रोह गरेको नेता खनालले बताए ।


प्रतिक्रिया

6 thoughts on “ओलीलाई भस्मासुरको संज्ञा दिँदै झलनाथले भने- संसद विघटन गरेदेखि अस्थिरता बढ्यो (भिडिओ)

  1. मन्त्री पठाएर कमिशन खाने बाटो बन्द हुने भएकाले रोईलो ।

  2. माकुने र प्रचण्डले देउवालाई सत्ता सुम्पिदा सम्विधानको रक्षा हुने, अहिले वलि प्रधानमन्त्री हुंदा देशमा अस्थिरता हुने? लाजका पसाराहरू।

  3. खै के काे काेट्यायाे भने गनाउँछ भन्थे, मलाई त गनायाे है । नकाेट्याएकाे राम्राे हुन्छ ।

  4. भष्मासुर त तिमिहरु हाै, आफ्नाे स्वार्थकाे लागि जे पनि गर्ने । धेरै नखाेक है जनतालाई सबै था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर